Listen LIVE

किसानसँग प्रतिजैविक प्रतिरोध विषयक अभिमुखिकरण

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका घोडा, खच्चड र गधा (अश्व प्रजाति) पालक किसानसँगको प्रतिजैविक प्रतिरोध विषयक एक दिने अभिमुखिकरण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ । 

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा संस्थाले ‘द बु्रक हस्पिटल फर एनिमल्स यूके’ को आर्थिक सहयोगमा दिगो अश्व कल्याणकारी परियोजना अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा संस्थाका पशु प्राविधिक मंगलबहादुर थारुले जानकारी दिए । 

उनले सरकारी निकायको उपेक्षमा परेको घोडा, खच्चड, गधा (अश्व) प्रजातिको पालन गर्दै आएका किसान तथा ईटाभट्टाका ठेकेदारलाई अश्व पालन, रोग पहिचान गर्न सजिलो पर्ने तथा उपचारमा जथाभावी औषधीको प्रयोग गर्दा हुने असर बारेमा जानकारी गराउने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको जानकारी दिए । 

२५ जना अश्वपालक किसान तथा ठेकेदार सहभागी रहेको सो कार्यक्रमको पशुचिकित्सक डा. प्रमोदकुमार चौधरीले सहजिकरण गरेका थिए । नेपालगञ्जमा घोडा, खच्चड र गधाको संख्या करिव ३ हजार ५ सयको हाराहारीमा रहेको संस्थाले जनाएको छ । 

संस्थाले किसानले पालेका र ईटाभट्टामा ईटा बोक्न ल्याइएका घोडा, खच्चड र गधालाई निःशुल्क आकस्मिक उपचार गर्ने, उनीहरुलाई सम्मानसहित पालन पोषण गर्ने तौर तरिकाबारे जनचेतनामुलक गतिबिधि सञ्चालन गर्दैआएको छ ।

प्रतिक्रिया