Listen LIVE

बर्दिया निकुञ्जमा लागेको डढेलो नियन्त्रण हुन सकेन

बर्दिया : साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा फैलिएको डढेलो बुधबार रातिसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । 

डढेलो नियन्त्रण गर्न निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेना, कर्मचारी, स्थानीय र ठाकुरबाबा नगरपालिकाको दमकल परिचालन गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलका अनुसार विकट चुरे क्षेत्रमा यातायातको सुविधा नहुँदा डढेलो नियन्त्रण गर्न कठिनाइ भइरहेको छ ।

निकुञ्जभित्र मह काढ्न जाने, घाँस–दाउरा गर्ने र चोरी सिकारी गर्नेले आगो लगाएको आशंका निकुञ्जका कर्मचारीले गरेका छन् । डढेलो उत्तरको चुरे पहाडबाट सुरु भई दक्षिणी क्षेत्रमा फैलिएको छ ।

डढेलोको धूवाँले बस्ती र महेन्द्र राजमार्ग छोपेको छ । धूवाँका कारण मानिसलाई आउजाउ गर्न समस्या परेको भुरीगाउँका व्यवसायी जीवन शाहीले बताए । डढेलोले वन्यजन्तु पनि प्रभावित भइरहेको निकुञ्जले जानकारी दिएको छ ।

प्रतिक्रिया