नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई फरार रहेका १९ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ।
पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार १९८ जरिवाना समेत असुल गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पेश गरिएको छ।
बाँके प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने अभियानलाई निरन्तरता दिँदै फरार प्रतिवादीको खोजी तथा पक्राउ कार्यलाई थप तीव्र बनाइने जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार