नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका कार्यालयले २०७५ देखि विद्यालय समायोजनको नीति कार्यान्वयनमा ल्याएको छ । जसअन्तर्गत हालसम्म ३ वटा विद्यालय समायोजन गरिएको छ । खजुरा गाउँपालिका–३ को शान्ति प्राथमिक विद्यालय बाग्मती नगरलाई जनता माध्यमिक विद्यालय सन्तकुटीमा समायोजन गरेपछि साविक शान्ति प्राविको जग्गामा गाउँपालिकाको कार्यालय निर्माण गरिएको छ ।
सो विद्यालयको भवनमा नयाँ भवन नबन्दासम्म गाउँपालिका शिक्षा शाखा सञ्चालनमा थियो । खजुरा गाउँपालिका–२ स्थित पशुपति प्रावि …एÚ गाउँमा समायोजन भएको भानुदय प्राविको भवन भने प्रयोगविहिन छ । खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले भने, 'एउटा कोठामा वाल विकास सञ्चालन भएपनि अधिकांश भवन प्रयोगविहिन रहेको अवस्था छ ।'
गाउँपालिकाका अनुसार शिव प्रावि नयाँ गुरासपुर चालु शैक्षिकसत्रदेखि समायोजन गरिएको हो । यो विद्यालयको दुई तले चार कोठे भवन रहेको छ । यो विद्यालयलाई भर्खरै शुक्र माविमा समायोजन गरेपछि यसको भवन पनि प्रयोगविहिन हुने देखिएको छ । खजुरा गाउँपालिका मात्र नभएर कम विद्यार्थी सङ्ख्या भएका विद्यालय नजिकैका अन्य विद्यालयमा समायोजनको नीति लिइएको छ ।
तर यसरी समायोजन गरिएका विद्यालयका भवनहरु लामो समयदेखि प्रयोगविहिन हुँदा सरकारी भवनहरु दिन प्रतिदिन जीर्ण हुन थालेका छन् । विद्यालय समायोजनको नीति सकारात्मक भए पनि यसरी समायोजन भएका विद्यालयको भवन प्रयोगका लागि स्थानीय बासिन्दा र वडा कार्यालयले पहल गर्नुपर्ने शिक्षकहरुको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार