Listen LIVE

ब्राउनसुगरसहित दाङमा एक महिला पक्राउ

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिर घर भई हाल बेलुवामा डेरा गरी बस्दै आएकी ३१ वर्षीया लाली वली योगीलाई १ ग्राम १६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ परेकी योगीलाई दाङ जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया