रुकुम पश्चिम : रुकुम पश्चिममा आइतबार बिहान भएको जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा थप चार जना गम्भीर र पाँच जना मध्यम घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी वेदबहादुर पौडेलले बताए ।
डीएसपी पौडेलका अनुसार ज्यान गुमाउनेमा जिप चालकसहित एक जना महिला छन् । मृतक दुवै जनाको पहिचान भइसकेको छैन ।
आइतबार बिहान सवा ८ बजेतिर सानीभेरी गाउँपालिका–६ कोटबाट खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप बोलेरो जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
2026-09-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार