नेपालगञ्ज : एथर नेपालले नेपालगञ्जमा आफ्नो १५औँ 'एक्सपेरियन्स सेन्टर' सञ्चालनमा ल्याएको छ । बसपार्क रोड, न्युरोड–२ मा स्थापना गरिएको सेन्टरबाट एथरका विद्युतीय स्कुटर, प्रविधि, टेस्ट राइड तथा बिक्रीपछिको सेवाबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
नयाँ सेन्टरमा एथर ४५० र एथर रिज्टा मोडल उपलब्ध छन् । ग्राहकले स्कुटरको डिजाइन, प्रदर्शन तथा प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै टेस्ट राइड समेत गर्न सक्नेछन् ।
सेन्टर उदघाटनको अवसरमा एथर नेपालले विशेष अफर समेत सार्वजनिक गरेको छ । जस अनुसार नगद खरिदमा ८ वर्षको ब्याट्री वारेन्टी, ईएमआई खरिदमा शून्य प्रतिशत ब्याज तथा पुरानो स्कुटर एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँसम्मको मूल्यांकन लाभ उपलब्ध गराइनेछ । उक्त योजना असोज ३ गतेसम्म लागू हुने एथर नेपालका मार्केटिङ म्यानेजर सलमान खानले बताए ।
सेन्टरको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले रिबन काटेर उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा मन्त्री खत्रीले जलवायु परिवर्तनको समस्या बढ्दै गइरहेको अवस्थामा वातावरणमैत्री विद्युतीय सवारी साधनले बजारमा थप स्थान पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा निवर्तमान मन्त्री आदेशकुमार अग्रवाल, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सेन्टर सञ्चालक दीपेन्द्र विष्टले ग्राहकको सन्तुष्टि आफूहरूको पहिलो प्राथमिकता रहेको बताए ।
एथर नेपालले देशभर ५० भन्दा बढी फास्ट–चार्जिङ स्थान तथा १० भन्दा बढी अधिकृत सर्भिस सेन्टरमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार