नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संबिधानमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गरेकाले सरकारले त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले स्वास्थ्य सेवालाई प्रभावकारी गराउन राज्यले लगानी गर्न जरुरी रहेको समेत बताए । भेरी अस्पताल नेपालगञ्जको नवनिर्मित इन्डोर भवन तथा एमारआइ सेवाको उदघाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा राज्यको अहिलेको लगानीले संबिधानमा उल्लेख भए वमोजिम स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्था नरहेको पनि बताए । उनले भने–‘अहिलेको लगानीले संबिधानमा उल्लेख गरिएअनुसार राज्यबाट प्राप्त हुने सेवा आमनागरिकले पाएका छैनन् ।
तर राज्यले विस्तारै त्यसलाई कार्यान्वयनमा लगिरहेको छ ।’ उनले स्वास्थ्य क्षेत्रको विकासका लागि तत्काल भौतिक पूर्वाधारमा लगानी गर्ने स्थिति राज्यसँग नरहेको बताए । त्यसैगरी उनले जनशक्तिको व्यवस्थापन गर्न पनि चुनौतिपूर्ण रहेको उल्लेख गरे । उनले भौतिक उपलब्धता, जनशक्तिको उपलब्धता र उपकरणको उपलब्धताका आधारमा गुणस्तरीय र प्रभावकारी सेवा दिन आग्रह गरे ।
‘तत्काल भौतिक पूर्वाधारमा लगानी गर्ने अवस्था राज्यसँग छैन उनले भने–‘रातारात जनशक्ति थप्ने अवस्था पनि हामीसँग छैन त्यसैले भएको पूर्वाधार र जनशक्तिबाट प्रभावकारी सेवा दिनुपर्ने आवश्यकता छ ।’
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालको सेवा प्रवाह र अवस्थाबारे निमित्त मेसु डा.प्रकाश थापाले जानकारी गराएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार