कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरमा रहेको ब्राईटलाईट एकेडेमीले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सोमवार विद्यालय प्रंगणमा आयोजित एक कार्यक्रममा विद्यालयले २८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
आफनो विद्यालयमा अध्यनरत करिवन ७ सय बिद्यार्थीहरुका अभिभावकहरु मध्येवाट जेष्ठ नागरिक छनौट गरि सम्मान गरिएको विद्यालयका संस्थापक डाईरेक्टर गोविन्द चौधरीले वताए । उनले समाजमा जेष्ठ नागरिकहरुको महत्वपुर्ण भुमिका निर्वाह गर्नुकासाथै समाजलाई बिबिध क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको वताए ।
जेष्ठ नागरिकहरुलाई प्याब्सन बाँकेका निवर्तमान सल्लाकार दिनेश सिग्देल, क्रिसा अध्यक्ष बेग प्रकास चन्द, प्याब्सन जिल्ला सचिव लक्ष्मण सिंह र बिद्यालयका संस्थापक गोविन्द चौधरी लगाएत विद्यालय परिवारले खादा मालासहित सम्मान गरेको हो ।
विद्यालय हाताभित्र आयोजित तेस्रो त्रैमासको नतिजा प्रकाशन, बिज्ञान प्रर्दशनी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा प्रमुख अतिथी कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसिले शैक्षिक विकासकालागि आफनो नजरमा निजी र सामुदायिक विद्यालयहरुलाई हेर्ने दृष्किोण एकै भएको वताए । उनले समाज विकासमा शिक्षाको निकै महत्वपुर्ण भुमिका रहने उल्लेख गर्दै आफनो वडाभित्रको शैक्षिक विकास र उन्नयनकालागि निजी विद्यालयहरुलाई पनि उत्तीकै सहयोग र सर्मथन रहने प्रतिबद्धता जनाए ।
विद्यालयका प्रिन्सिपल डिल्लि रमण खडकाको स्वागत मन्तब्यसंगै शुभारम्भ कार्यक्रममा प्याब्सन बाँकेका निवर्तमान सल्लाहकार दिनेस सिग्देल, एन प्याब्सन बाँकेका जिल्ला अध्यक्ष किशोरराज मल्ल, एन प्याब्सनका जिल्ला सचिव लक्ष्मण सिंह क्रिसा बाँकेका अध्यक्ष बेग प्रसाद चन्द लगाएतका शैक्षिक ब्यक्तिहरुले आ आफनो मन्तब्य ब्यक्त गरेका थिए ।
विद्यालयका संस्थापक फाउण्डर गोविन्द चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यालयका वाल वालिकाहरुले बिज्ञान प्रर्दशनि गर्नुकासाथै बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विद्यालयले आजै तेस्रो त्रैमासको नतिजा समेत प्रकाशित गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार