Listen LIVE

रेडियो बागेश्वरी एफएम २३औं वर्षमा प्रवेश

नेपालगञ्ज : पश्चिम् नेपालकै पहिलो व्यावसायिक रेडियो बागेश्वरी एफएम ९४.६ मेघाहर्ज आजदेखि २३औ वर्षमा प्रवेश गरेको छ । २०६१ साल असोज २६ गते आजकै दिन विहान ११ बजेर ३३ मिनेटमा रेडियो बागेश्वरीले आफ्नो प्रशारण प्रारम्भ गरेको थियो ।

नेपालगञ्जको फुलटेक्रास्थित हडियाबाबा मन्दिर आश्रमस्थल नजिकैबाट एक हजार वाटमा प्रशारण शुरु गरेको रेडियो बागेश्वरी २३औं वर्षमा आइपुग्दा अहिले नेपालगञ्ज उपमहानगरपालिका १० आदर्शनगरस्थित सुविधा सम्पन्न आफ्नै भवनबाट गुञ्जीरहेको छ ।

विहान ५ बजेदेखि राती ११ बजे दैनिक १८ घण्टासम्म प्रशारण भइरहेको रेडियो बागेश्वरी समाचार, सूचना र संगीतको अनुपम संगम हो ।

रेडियो बागेश्वरी व्यावसायिक भएपनि यसले आम नागरिकका सवाललाई सम्वोधन गर्दै आइरहेको छ । 

थारु, हिन्दी, अवधिसहित नेपाली भाषामा समाचार प्रशारण हुने रेडियो बागेश्वरी यसक्षेत्रकै पहिलो र एकमात्र रेडियो हो ।

रेडियोका प्रबन्ध निर्देशक सिद्दार्थ पाण्डेले रेडियो बागेश्वरीले प्रशारण गर्ने सामग्रीलाई थप जनमैत्री र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै  संस्थापक, कर्मचारी, सम्पुर्ण स्रोता, विज्ञापनदाता, शुभेच्छुक सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिक्रिया