नेपालगञ्ज : लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जले लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ का ३३ वर्षीय सलमान जसगढ रहेका छन् । उनलाई गएराति करिब साढे ११ बजे आफ्नै घरबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङमा दर्ता भएको खैरो हेरोइनसम्बन्धि मुद्दामा अदालतबाट दोषी ठहर भई ६ वर्ष जेल र ६ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएपछि सलमान फरार रहेका थिए ।
पक्राउ परेका सलमानलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पेश गरिएको लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जले जनाएको छ ।
2026-07-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार