Listen LIVE

लुम्बिनी राष्ट्रिय रोड रेसमा आर्मीको बर्चस्व

दाङ : घोराहीमा शनिबार सम्पन्न 'दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३' मा आर्मीले बर्चस्व कायम गरेको छ । महिला–पुरुष दुवैतर्फ नेपाली सेनाका धावकहरू प्रथम भएका छन् ।

पुरुषतर्फ खड्कबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजेता बनेका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ खड्काले १० किलोमिटर दूरी ३० मिनेट ३३ सेकेन्डमा पूरा गरे भने महिलातर्फ न्यौपानेले ३६ मिनेट ३३ सेकेन्डमा पूरा गरिन् । प्रथम हुने दुवैले ८०–८० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी, पुरुषतर्फ सशस्त्र प्रहरीका रुपेश कार्कीले ३१ मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरेका छन् भने नेपाली सेनाका उमेश थापा ३१ मिनेट ५२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भएका छन् ।

महिलातर्फ नेपाली सेनाकी निर्मला केसी ३७ मिनेट ४५ सेकेन्डमा दूरी पार गरी दोस्रो भइन् भने एपिएफकी सम्झना गुरुङ ३९ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइन् । दोस्रो हुने पुरुष तथा महिला खेलाडीलाई ४५ हजार र तेस्रो हुनेलाई २५ हजार रुपयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया