Listen LIVE

भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

एजेन्सी : भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ५५ पुगेको छ। १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ। 

बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ भने ३.२ मिलियन भन्दा बढी कुखुरा तथा गाईवस्तुहरूलाई बगायर मृत्यु भएको जनाइएको छ।

प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घरहरू डुबानमा परेका छन् भने अन्य ९४६  घरहरू क्षतिग्रस्त भएका छन्। 

यसैगरी बाढीले लगभग नौ ट्रिलियन भियतनामी डोङ (लगभग ३५८ मिलियन अमेरिकी डलर) आर्थिक क्षति गरेको अनुमान गरिएको छ।

प्रतिक्रिया