काठमाण्डौ : दशैं–तिहार सकिएलगत्तै जिल्ला–जिल्लामा महोत्सवको माहोल तात्न थालेको छ । महोत्सवसँगै सांगीतिक माहोल पनि गुल्जार बन्ने निश्चित छ । यस्तोमा कलाकारको व्यस्तता बढ्न थालेको छ ।
यो मेसोमा गायिका समीक्षा अधिकारी मंगलबार नवलपुरमा गुञ्जिइन् । देवचुली–१ केउरानी (नारायण नदी किनार)मा आयोजित ‘एकादशी सांस्कृतिक रमाइलो तथा पर्यटन मेला’मा समीक्षाले दर्शकलाई मनोरञ्जन दिइन् ।
आफ्ना चर्चित गीत गाउँदा उपस्थित दर्शक नाचे । दर्शकको भरपुर साथ पाएपछि समीक्षा पनि खुसी देखिइन् । उनलाई सुन्न र हेर्न चाहने दर्शक मेलामा उर्लिएका थिए । दर्शकले वान्स मोरको हुटिङ दिएपछि कतिपय गीतलाई उनले दोहो¥याएर गाइन् ।
समीक्षाले सामाजिक सञ्जालबाट यी तस्वीर सेयर गरेकी छन् । ‘नवलपुर केउरानीको माया’ भन्दै उनले यो क्षण सामाजिक सञ्जालमा व्यक्त गरेकी छन् । मेलामा बालगायक सुप्रिम मल्ल, कलाकार रमेशराज भट्टराई, सुरेश अञ्जान, सपना परियार, अनु परियार, बन्दना विश्वकर्मा, गणेश सुनार लगायतले पनि प्रस्तुति दिने जनाइएको छ ।
समीक्षाले बुधबार गैंडाकोटमा आयोजित गण्डकी प्रदेश महोत्सवमा समेत प्रस्तुति दिनेछिन् ।
रचनालाई पनि भ्याइनभ्याइ
अर्की व्यस्त गायिका हुन् रचना रिमाल । उनले फेसबुकबाट फेस्टिभल लाइनअप सार्वजनिक गरेकी छन् । कात्तिक २८ गते चौबिसे फुड फेस्टिभल तथा सांस्कृतिक साँझ राजारानी धनकुटा, कार्तिक २९ गते गण्डकी प्रदेश महोत्सव, नारायणी नदी किनार गैंडाकोट, कार्तिक ३० गते सुमधुर साङ्गीतिक साँझ जागृति चोक चितवन, मंसिर २ गते भरतपुर १९ सांस्कृतिक व्यापारिक तथा पर्यटन महोत्सव, शारदानगर हेल्थपोस्ट चौर चितवनमा कार्यक्रम तय छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार