बाजुरा : दुर्गम तथा गरिबिको जिल्लाका रुपमा परिचित बाजुराले केही वर्षदेखि कृषि वस्तु जिल्ला बाहिर निर्यात गर्ने क्रम बढाउँदै गएको छ। कृषकहरूले कृषिमा अनुदान पाउन थालेपछि उत्पादनमा वृद्धि भएर कृषि उपज जिल्ला बाहिर निर्यात हुन थालेको हो ।
जिल्लाबाट २०८१÷०८२ को आर्थिक वर्षमा मात्रै २ करोड ४० लाख ३ हजार ८ सय बढीको कृषि वस्तु जिल्ला बाहिर निर्यात गरेको तथ्याङ्क कृषि ज्ञान केन्द्र बाजुरासँग छ । भोकमरी र समस्याको मात्र नभइ सम्भावनाको पनि जिल्ला बाजुरा हो भन्ने तथ्य यो तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्ष २०८१–०८२ को साउन देखि चैत मसान्तसम्म रु २करोड करोड ४० लाख ३ हजार ८ सय बराबरको कृषि वस्तु जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बताए । बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफूल निर्यात भएको प्रमुख सहानीको भनाइ छ ।
जिल्लाको हिमाली क्षेत्रमा पाईने कोदो समेत शहरमा निर्यात हुन थालेपछि कोदो उत्पादनमा कृषकहरू उत्साहित भएर लागेको र आगामी वर्षमा अझै उत्पादनमा वृद्धि भएर निर्यात समेत बढी हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
जिल्लाबाट यो बर्ष १५ लाख ३० हजार बराबरको सिमि १८ लाख ९० हजारको स्याउ, ६५ लाख ४५ हजार बराबरका आलु, २४ लाख २८ हजार ८ सयको बन्दा र ६ लाख ४० हजार बराबरको कागती जिल्ला बाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहानीले बताए।
त्यस्तै जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएको १०लाख ४०हजार बराबरको २६ मेट्रिकटन कोदो,४लाख ८० हजारको सुन्तला तथा १६ लाख ४० हजार बराबरको फापर बेथे जिल्ला बाहिर निर्यात भएको छ । स्थानीय तहको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराले उत्पादनमुखी कार्यक्रम ल्याएर जिल्लालाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ ।आफूले उत्पादन गरेको कृषि उपज बारीबाटै खरिद गरि जिल्ला बाहिर निर्यात हुन थालेपछि कृषकहरू समेत उत्साहित भएका छन्।
कृषि वस्तु निर्यातमा कृषकहरूलाई कृषि ज्ञान केन्द्र बाजुराले यो बर्ष मात्र १० लाख बराबरको ढुवानी अनुदान दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार