नेपालगञ्ज : दशौं लुम्बिनी प्रदेशस्तरीय प्रर्दशनी मेला शुरु भएको छ । उक्त प्रर्दशनीको प्रमुख अतिथी एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले एक समारोहका बीच उदघाटन गरे । उदघाटन मन्तब्य ब्यक्त गर्दै उनले छोटो समयमा महिला उद्यमी संघले धेरै महिलालाई जोडेर विकास र प्रवद्र्धन गर्नमा हौसला प्रदान गरेको बताए ।
महिला उद्यमी संघ बाँकेले बस्तु उत्पादन गर्ने मात्र होईन, बस्तुलाई बजारसम्म पुर्याएर आर्थिकरुपले काम गरेको बताए । ‘यो मेलामा कति बिक्री भयो भन्दापनि यहाँहरु बीचमा एक आपसमा अनुभव आदान–प्रदान गर्नमा पनि सहयोग पुर्याउनेछ,’ उनले भने, ‘यो मेलाले एक खालको उत्साह प्रदान गर्नेछ ।’
आयोजक महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष रेवती सिंहको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा विशिष्ट अतिथी एवम् महिला उद्यमी महासंघ नेपालका अध्यक्ष दर्शना श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, प्रर्दशनीका मुख्य प्रायोजक केएल दुगड गु्रपका महाप्रबन्धक प्रदिप छाजेड, महिला उद्यमी महासंघ नेपालका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्मा पराजुली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रर्दशनी उदघाटन समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर उमा थापामगर, संघ बाँकेका निर्वतमान अध्यक्ष सावित्रा बस्नेत, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लायन्स क्लबका पुर्व डिस्ट्रिक गर्भनर सेम शाक्य र मधुसुदन शर्मा रिजाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उद्योगी, ब्यवसायी, नागरिक अगुवा, पत्रकार, समाजसेवी लगायत उपस्थित भएका थिए ।
संघ बाँकेका प्रथम उपाध्यक्ष आभा गौतमले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन महासचिव बिन्दु चर्तीमगरले गरेकी थिइन् । प्रर्दशनी यही १८ गते सम्म चल्ने संघले जनाएको छ । महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामाग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्य सहित संघ बाँकेले हरेक वर्ष नेपालगञ्जमा प्रर्दशनी गर्दै आएको छ ।
लुम्बिनी प्रदेशस्तरीय प्रर्दशनीको १० औं संस्करण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा चलिरहेको छ । प्रर्दशनीमा नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ, भने केएल दुगड गु्रपले मुख्य प्रयोजन गरेको छ । प्रर्दशनीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट महिलाले उत्पादन गरेका बस्तु राखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार