बाजुरा : बाजुरामा भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको पूर्बीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –५ कालसैन बस्ते कालुबहादुर विष्टको ४० वर्षीय छोरा अम्मरसिंह विष्टको मृत्यु भएको हो ।
मृतक विष्ट आज बिहान ९ बजेर ३० मिनेटमा बुढीनन्दा नगरपालिका –५ कोल्ले खोलाको सिँचाइ कुलो खन्ने बेलामा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृतक विष्टको पोष्टमार्टमका लागि कोल्टी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताए । बाजुरामा केही दिन पहिला गौमुल गाउँपालिका र त्रिवेणी नगरपालिकाका दुईजना युवकको भिरबाट लडेर ज्यान गएको थियो । माघ महिनामा बाजुराका तीन जनाको भिरबाट लडेर ज्यान गइसकेको छ ।
2026-02-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार