Listen LIVE

भारतसँग टी–२० विश्वकप खेल्न पाकिस्तान सहमत

एजेन्सी : पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तानी क्रिकेट टोलीलाई फेब्रुअरी १५ मा भारत विरुद्धको टी–२० विश्वकप खेल खेल्न अनुमति दिएका छन्। उनले मित्र राष्ट्रहरूको अनुरोधमा यो निर्णय गरिएको बताएका छन्।

यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नक्वीले शहबाज शरीफलाई पीसीबी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रतिनिधिहरू र बांग्लादेश क्रिकेट बोर्डबीचको उच्चस्तरीय बैठकमा भएको निर्णयको औपचारिक जानकारी गराएका थिए।

बांग्लादेश क्रिकेट बोर्डले पीसीबीलाई गरेको औपचारिक अनुरोधका साथै श्रीलंका, संयुक्त अरब इमिरेट्स र अन्य सदस्य देशहरूबाट प्राप्त सन्देशहरूको आधारमा यो निर्णय गरेको पाकिस्तान सरकारले विज्ञप्तिमार्फत जनाएको हो।

विज्ञप्ति अनुसार, प्रधानमन्त्री शरीफले सोमबार साँझ श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग फोनमा कुराकानी गरेका छन्।

‘मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै, पाकिस्तान सरकारले पाकिस्तानी टोलीलाई फेब्रुअरी १५, २०२६ मा आईसीसी पुरुष टी‘२० विश्वकपको निर्धारित खेलको लागि मैदानमा उत्रन निर्देशन दिएको छ’, विज्ञप्तिमा भनिएको छ।

साथै, क्रिकेटको भावना कायम राख्न र सबै सहभागी देशहरूमा यस विश्वव्यापी खेलको निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

बांग्लादेशले आफ्नो टोलीको सुरक्षा चिन्ताको कारण देखाउँदै भारत बाहिर खेलहरू सार्न अनुरोध गरेपछि विवाद शुरू भएको थियो। यद्यपि, आईसीसीले उनीहरूको अनुरोध अस्वीकार ग¥यो। 

यसपछि, पाकिस्तान सरकारले आफ्नो टोलीले फेब्रुअरी १५ मा भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा ग¥यो।

पछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बांग्लादेशको समर्थनमा यो निर्णय गरिएको बताए।

प्रतिक्रिया