Listen LIVE

युट्युबमा रिलिज भयो चलचित्र ‘महापुरुष’

नेपालगञ्ज : चलचित्र ‘महापुरुष’ युट्युबमा रिलिज भएको छ । तिहारको अवसर पारेर चलचित्र युट्युबमा रिलिज भएको हो ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा हरिवंश आचार्य, गौरी मल्ल, रवीन्द्रसिंह बानिया, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइली लगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रदीप भट्टराई स्वयंको कथा लेखन रहेको चलचित्र हलमा दर्शकले मन पराएका थिए । यसअघि यो चलचित्र ओटीटीमा पनि रिलिज भएको थियो ।

प्रतिक्रिया