Listen LIVE

पाकिस्तानमा आत्मघाती विस्फोटमा परी १० सुरक्षाकर्मीको मृत्यु

काठमाण्डौ : पाकिस्तानको खैबर पख्तुनख्वास्थित एक सैन्य चौकीमा भएको आत्मघाती हमलामा कम्तीमा १० जना सैनिकको मृत्यु भएको छ। 

बाजौर जिल्लाको मलंगी क्षेत्रमा विस्फोटक पदार्थले भरिएको एउटा गाडी भवनमा ठोक्किएर विस्फोट भएको थियो। उक्त भवनमा पहिले मदरसा थियो, तर पछि त्यहाँ सुरक्षा चौकी बनाइएको थियो। 

प्रहरीका विस्फोटमा परी मृत्यु हुनेमा एक प्रहरी र फ्रन्टियर कोरका ९ जना सैनिक रहेका छन्। भग्नावशेषबाट अझै पनि शवहरू निकाल्ने काम भइरहेको छ। एक अधिकारीले बीबीसी उर्दूसँग कुरा गर्दै अज्ञात व्यक्तिहरूले विस्फोटकले भरिएको गाडी फ्रन्टियर कोरको चौकीमा ठोक्काएको बताएका छन्।

प्रतिक्रिया