Listen LIVE

क्यानडामा हुने ग्लोबल टी–२० मा नेपालका तीन क्रिकेटर

नेपालगञ्ज : नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगिता खेल्ने भएका छन् । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ग्लोबल टी–२० खेल्ने भएका हुन् ।

रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दीपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रेजागुअर्स र दीपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।

यस सिजनको ग्लोबल टी–२० जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदै छ । यो ग्लोबल टी–२० को चौथो सिजन हो । यस अघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेगह्वाक्स र २०२३ मा मोन्टरियलटाइगर्सले उपाधि जितेका थिए ।

प्रतिक्रिया