चेन्नई : प्रधानमन्त्री नरेन्द्र मोदीले सुपरस्टार रजनीकान्तलाई भारतीय सिनेमामा ५० वर्ष पूरा गरेकोमा बधाई दिँदै उनको यात्रालाई ‘प्रतिष्ठित’ भएको बताएका छन् ।
मोदीले एक्समा लेखेका छन्, ‘थलैवालाई चलचित्र क्षेत्रमा ५० गौरवमयी वर्ष पूरा गरेकोमा बधाई । उहाँको चलचित्र यात्रा साँच्चिकै प्रतिष्ठित छ, जसमा स्मरणीय पात्रहरू र अद्भुत अभिनयहरूले पुस्तौँसम्म करोडौँ दर्शकमाथि गहिरो छाप छोडेका छन् । उहाँको निरन्तर सफलता, स्वास्थ्य र दीर्घायुको शुभकामना गर्दछु ।’
मोदीलाई प्रतिक्रिया दिँदै रजनीकान्तले धन्यवाद व्यक्त गरेका छन् । ‘आदरणीय प्रधानमन्त्रीज्यू, तपाईंको हार्दिक शुभकामनाका लागि म अत्यन्त आभारी छु । मैले लामो समयदेखि उच्च सम्मान गर्दै आएको नेताबाट यस्ता शुभकामना पाउनु मेरो लागि ठूलो सम्मान हो । तपाईंको उदार शब्दहरूका लागि धन्यवाद । जय हिन्द ।’
सन् १९७५ मा के. बालाचन्दर निर्देशित ‘अपूर्व रागांगल’ फिल्मबाट आफ्नो करियर सुरु गरेका रजनीकान्त आज पनि आफ्नै शैली र स्टारडमका कारण भारतभर चर्चित छन् ।
यो अवसरमा विभिन्न राजनीतिक नेता, चलचित्रकर्मी र प्रशंसकहरूले पनि उनलाई शुभकामना दिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार