नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म राजस्व असुली, आयात, निर्यात तथा कुल व्यापारमा उल्लेखनीय सुधार गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा राजस्व संकलन सकारात्मक देखिएका छन् । यद्यपि वार्षिक राजस्व लक्ष्य भने अघिल्लो वर्षको तुलनामा केही घटाइएको छ ।
कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म राजस्व लक्ष्य २२ अर्ब ३७ करोड ४३ लाख ८३ हजार रूपैयाँ निर्धारण गरिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा लक्ष्य २४ अर्ब ७५ करोड १२ लाख ६३ हजार रूपैयाँ रहेको थियो । यस वर्ष लक्ष्य अघिल्लो वर्षको तुलनामा २ अर्ब २३ करोड ७६ लाख ८९ हजार रूपैयाँले कम निर्धारण गरिएको देखिन्छ ।
लक्ष्य घटाइए पनि राजस्व असुली भने बढेको छ । गत आर्थिक वर्षको जेठसम्म १८ अर्ब २९ करोड १२ लाख १२ हजार रूपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार रूपैयाँ संकलन भएको छ । यो साढे २६ करोडले गत आ.व.को तुलनामा बढी हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार