बर्दिया : बर्दिया जिल्लाको गुलरिया नगरपालिका– ३ का तीन जना स्थानीयहरूले बर्दियादेखि काठमाडौँको पशुपति दर्शन गर्नका लागि साइकल यात्रा शुरु गरेका छन् ।
गुलरिया नगरपालिका– ३ तेजिपुर गाउँका जितेन्द्र कुमार यादव, दयाराम रैदास र मालती प्रसाद गोडिया पशुपति दर्शन गर्नका लागि गुलरियादेखि साइकल यात्रा सुरु गरेका हुन् । उनीहरूलाई गुलरिया नगरपालिका–३ का अध्यक्ष सर्वजित यादवसहितका जनप्रतिनिधि र कर्मचारीहरुले माला र खादा लगाएर बिदाइ गरेका छन् ।
साइकल चढेर करिब ६ सय ५० किलोमिटरको दूरी यात्रा गर्न उनीहरू इच्छुक भएपछि पशुपति दर्शनका लागि उनीहरूलाई बिदाइ गरिएको वडाध्यक्ष यादवले बताए । आफ्नो इच्छा पशुपति दर्शन गर्ने रहेकाले अन्य दुई साथीसहित साईकल यात्रा सुरु गरेको जितेन्द्र कुमार यादवले बताए ।
2025-07-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार