नेपालगञ्ज : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । आज सुनको मूल्य २० हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ४४० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ६५ कायम भएको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ५०५ कायम भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु ६ हजार ८७० कायम भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार