Listen LIVE

बबई नदीमा बेपत्ता दुई बालिकाको अवस्था अज्ञात, खोजी हुँदै

बर्दिया : बर्दियाको बबई नदीमा नुहाउने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका दुई बालिकाको अवस्था मंगलबार विहानसम्म पत्ता लाग्न सकेको छैन । 

स्थानीय र सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका छन् । सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बेपत्ता हुनेमा गुलरिया नगरपालिका–२ संगमबस्तीकी १२ वर्षीया दुर्गा शाही र १२ वर्षीया निशानी थापा रहेको बताए ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल ३१ नम्बर गण र नेपाल प्रहरीको उद्धा टोली घटनास्थलमा सोमबारदेखि खटिएको छ । मोटर बोटबाट खोजी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया