Listen LIVE

वन्यजन्तु आक्रमण रोक्न माग गर्दै बर्दिया प्रशासन घेराउ

बर्दिया : एकैदिन वन्यजन्तुको आक्रमणमा परी जिल्लामा दुई जनाको ज्यान गएको विरोधमा शुक्रबार स्थानीयले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन् ।

बिहीबार चितुवाको आक्रमणबाट गुलरिया–४ का नन्दु रोकाय र मधुवन नगरपालिका–९ की मैसरा डाँगीको मृत्यु भएको थियोे ।

पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, चितुवा मार्न पाउनुपर्नेलगायत धनजनको सुरक्षाको माग गर्दै स्थानीयले शुक्रबार प्रशासन घेराउ गरेका हुन् । उनीहरुले जिल्ला प्रशासनको मूलगेटभित्र पसेर नाराबाजी गरेका छन् ।

प्रतिक्रिया