नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन सुरु भएको छ । नयाँ नेतृत्वका लागि भेरी प्राविधिक शिक्षालयमा अहिले मतदान भइरहेको छ ।
ठूला दलमा आवद्व रहेका पूर्वअध्यक्षहरुले सर्वसम्मत गराउने प्रयास गरेपनि अध्यक्षलगायत १५ पदमा निर्वाचन हुने पक्कोका भएसँगै मतदान सुरु भएको हो । दुई उपाध्यक्षसहित ६ पदमा निर्विरोध भएको छ ।
चिरिन्जीवी वलीको संयुक्त प्यानल र ध्रुवप्रसाद दाहालको स्वतन्त्र व्यवसायी समूहका बीचमा मतदान भइरहेको छ । वलीको नेतृत्व रहेको संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा रुपा ओझा (सानु), महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टीकामणि उपाध्याय उम्मेदवारी दिएका छन् ।
त्यस्तै सदस्यहरुमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दाराम जैसी, चाँदबाबु अन्सारी, जहाँगीर मुुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, ई.नगेन्द्र शाही र शरदप्रसाद रिजालको उम्मेदवारी रहेको छ । यो प्यानलका उद्योग उपाध्यक्ष कमल कार्की, बाणिज्य उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, एशोसियट र बस्तुगत सदस्य निर्विरोध भइसकेका छन् ।
दाहालको स्वतन्त्र प्यानलबाट महिला उपाध्यक्षमा उमा ग्राण्डन, महासचिवमा दिपेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा सूर्य श्रेष्ठ र सदस्यहरुमा राजकुमार वैश्य र विकास थापा रहेका छन् । त्यसैगरी उपमहासचिवमा प्रदिप आचार्यले संयुक्त प्यानलका शिव दाहाल विरुद्ध उम्मेदवारी दिएका छन् भने सदस्य पदमा सुरजबहादुर भण्डारीको पनि उम्मेदवारी परेको छ ।
संघमा तीन हजार ६३ मतदाता रहेका छन् । ५ बजेसम्ममा मतदान सकेर आज नै मतगणना हुने महासचिव भीम रानाभाटले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार