रसुवा : भोटेकोशी बाढिबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनस्र्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ । सुरक्षाकर्मी उद्धार तथा राहतका लागि अग्र भागमा रहेर अहोरात्र खटिरहेका छन् । रसुवा र नुवाकोटमा मात्रै चार हजार दुई सयभन्दा बढी सैनिक परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्टलगायत सामग्री पठाइएको बताए । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले रसुवागढी, घट्टेखोला र टिमुरे, गोसाइँकुण्ड–५ को स्याफ्रुबेँसी, आमाछोदिङ्मो–१ को हाकुबेँसी तथा उत्तरगया–४ को पैरेबेँसी र वडा नं. ५ को बेत्रावती बजारलगायत क्षेत्रमा बाढीले ठुलो जनधनको क्षति पु¥याएको बताए ।
घाइतेको उपचारका लागि नुवाकोटको त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहित खटाइएको छ । धुन्चेमा फिल्ड एम्बुलेन्ससहित मेडिकल टोली खटाइएको छ हालसम्म करिब एक हजार जनाले स्वास्थ्य सेवा पाएका छन् । धुन्चे र विदुरमा उपचार तथा अस्थायी व्यवस्थापन केन्द्र स्थापना गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार