Listen LIVE

नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाण्डौ : ब्याट्म्यानहरुले दयनीय ब्याटिङ गरेपछि नेपाल बंगलादेशसँग २१ रनले पराजित हुनपुगेको छ ।

आइसिसी टी–२० विश्वकपमा आज भएको समुह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो ।

जितका लागि १०७ रनको मात्र लक्ष्य पछ्याएको नेपाल १९.२ बलमा अल आउट हुँदै जम्मा ८५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाए ।

यसअघि नेपालले उत्कृृष्ट बलिङ गर्दै बंगलादेशलाई १०७ रनमा समेट्न सकेको थियो ।

सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले २÷२ विकेट लिएका थिए ।

यसअघि शनिबार भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंका विरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया