काठमाण्डौ : भारतको दिल्लीको वेलकम क्षेत्रमा एउटा चारतले भवन भत्किँदा ६ जनाको मृत्यु भएको छ। एक वर्षीय बालकसहित आठ जना घाइते भएका छन्।
उक्त भवनमा १० जनाको एउटा परिवार बस्ने गर्दथ्यो। एक अधिकारीका अनुसार बिहान ७ बजे सीलमपुरको ईदगाह रोड नजिकै रहेको जनता कोलोनीको गल्ली नम्बर ५ मा भवन भत्किएको हो।
भवन भत्किएको समयमा स्थानीय मानिसहरू बिहानी पैदल यात्रा -मर्निङ वाक) मा निस्किएका थिए। तिनै मानिसहरूले सबैभन्दा पहिले उद्धार कार्य सुरु गरेका थिए। दमकल घटनास्थलमा पुग्नुअघि नै भग्नावशेषमा फसेका मानिसहरूलाई बचाउने प्रयास सुरु भइसकेको थियो।
३ महिनाअघि दिल्लीकै मुस्तफाबाद इलाकामा एक भवन भत्किँदा ११ जनाको मृत्यु भएको थियो।
2026-05-31
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार