Listen LIVE

ब्राउनसुगरसहित बाँकेमा एक जना पक्राउ

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका–४ तिलकपुर बस्ने डिलबहादुर बुढाथोकीलाई २ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद १० हजार रूपैयाँ सहित प्रहरीले पक्राउ गरिएको हो ।

प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका बुढाथोकीविरुद्ध लागुऔषध कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया