नेपालगञ्ज : बुधबार परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठुलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ ।
हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा ठुलो क्षति पु¥याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताए । उनका अनुसार किसानले १५० बिगाहा रोपेको बीउ धानमा वर्षाले क्षति पु¥याएको छ । स्याहार्ने बेला वर्षाले क्षति पु¥याएपछि आगामी वर्षको लागि धानको बीउ अभाव हुने भएको छ ।
बीउ धान खेतीका लागि सहकारीले किसानलाई बीउ वितरण गर्दै आएको छ । किसानले बीउ धान उत्पादन गरेर सहकारीलाई बिक्री गर्ने गरेको व्यवस्थापक वलीले बताए । यो वर्ष पानी राम्रो परेका कारण धान राम्रो फले पनि स्याहार्ने बेला वर्षाले क्षति पु¥याएको उनको गुनासो छ ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले पाकेर थन्क्याउने बेलाको वर्षाले धानबालीमा ठूलो क्षति पु¥याएको बताइन् । बाँकेका विभिन्न स्थानमा धानबालीमा वर्षाले क्षति पुगेको जानकारी आए पनि क्षतिको यकिन विवरण सङ्कलन भई नसकेको उनले जानकारी दिइन् । बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र का सूचना अधिकारी शर्माले बताइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार