Listen LIVE

यसवर्ष नेपालगञ्जमा रामलिला गर्ने तयारी

नेपालगञ्ज : यस वर्ष नेपालगञ्जमा रामलीला सञ्चालनको तयारी गरिएको छ । बडा दशैंको अवसरमा १५८ बर्षदेखि चल्दै आएको रामलिला गत वर्ष प्रतिकुल परिस्थितिबिच नियमित हुन नसके पनि रावण दहन गरिएको थियो ।  नेपालगञ्जको पहिचानका रुपमा स्थापित रामलिलाको १५९ औं श्रन्खला नेपालगञ्ज रामलीला मैदानमा असोज २५ गते घटस्थापनामा शुरु भई  दश दिनसम्म मन्चन हुनेछ । रामलिला शोभा यात्रासहित विधिवत शुभारम्भ गरिने छ । 

रामलिला सञ्चालक समितिको बुधबार भएको साधारण सभाले रामलिला मञ्चन भब्य र ब्यवस्थित बनाउने लगायतका निर्णय गरेको छ । विभिन्न उपसमिति गठन गरेको समितिले भारत बृन्दावनबाट राधा रमण नेतृत्वको कलाकार टोली ल्याउने जानकारी दिएको छ ।

प्रतिकुल परिस्थिति भएपनि नेपालगञ्जको पहिचान, संस्कृती र अस्तित्वसँग  रामलीला मञ्चन जोडिएकोले निरन्तरता दिने पहल कदमी लिइएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । रामलिला मञ्चनमा राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रुपमा प्रस्तुत गर्ने गरिन्छ । रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार हरेक दिन साँझ ८ बजेदेखि राती १२ बजेसम्म रामलिला मञ्चन हुनेछ ।

प्रतिक्रिया