प्युठान : जिल्लामा प्याज खेती विस्तार गर्ने गरी कार्यक्रम सञ्चालन भएको छ । १८० रोपनी क्षेत्रफलमा प्याज खेती गर्ने गरी कार्यक्रम अघि बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाई प्युठानले जनाएको छ ।
जिल्लाभित्रका समूह, सहकारीसँग सहकार्य गरेर प्याज खेतीको सुरुवात गरिएको परियोजना कार्यान्वय इकाईका प्रमुख चुमानसिंह गिरीले जानकारी दिए । “प्याज प्रवर्द्धन कार्यक्रमअन्तर्गत बाहिरबाट आयात हुने अवस्थालाई कम गर्न कार्यक्रम गरिएको हो,” प्रमुख गिरीले भने, “हामीसँग जमिन पनि छ, थोरै समयमा उत्पादन पनि हुन्छ ।”
प्रविधि र कलस्टरमा जोड दिँदै ठुलो क्षेत्रफलमा विस्तार गर्ने मोडेल अवलम्बन गरिएको कार्यालयले जनाएको छ । धेरै किसानले माग गरेकाले ठुलो स्केलमा खेती गर्ने गरी सहकारी–समूहसँग सहकार्य गरिएको प्रमुख गिरीको भनाइ छ ।
प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका, ऐरावती गाउँपालिका, गौमुखी गाउँपालिका, स्वर्गद्धारी २०–२२ वटा समूह–सहकारीमार्फत खेती हुँदैछ । अहिले सामूहिकरुपमा नै नर्सरी स्थापना गरिएको छ । प्याजको उत्पादनसँगै जातिय परीक्षण समेत गरिनेछ ।
जिल्लाको हावापानी सुहाउँदो र बजारमा उपलब्ध जातलाई परीक्षणको हिसावले पनि लगाइएको गिरीले बताए । मौसमी र बेमौसमी हिसावले उत्पादन गर्ने कार्यालयको योजना रहेको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार