नेपालगञ्ज : सिक्टा सिँचाई आयोजनामार्फत किसानहरुको खेतमा पानी पुर्याउने उद्देश्यले नरैनापुर गाउँपालिकामा नहर निर्माणको कार्य शुरु गरिएको छ । फत्तेपुर र राजकुलोमा पुरानो सिस्टमअन्तर्गत अपग्रेट गरिने र नरैनापुरका ४० हेक्टर जमिनमा सिँचाईको पानी पुर्याउने आयोजनाको उद्देश्य रहेको छ ।
त्यस क्षेत्रमा सिक्टा सिँचाई आयोजनामार्फत करीब ९ हजार हेटक्टर जमिनमा सिँचाईका लागि पानी पुर्याउने उद्देश्यका साथ नरैनापुरमा नयाँ शाखा नहर निर्माण कार्य शुरु गरिएको आयोजना निर्देशक राजु आचार्यले बताए ।
सिक्टाको पुर्वी नहरको ४२ किलोमिटर काम सम्पन्न भएपछि नरैनापुर गाउँपालिकामा शाखा नहर निर्माण कार्य शुरु गरिएको सिक्टा सिँचाई आर्चायले बताए । अहिले सिक्टा नहरमा ११ वटा शाखाहरुको विस्तार कार्य भईरहेको छ । जसमा ६ वटा लिफ्ट नहरहरु रहेका छन् । शाखा नहरहरुलाई समुहमा विभाजन गरेर काम गरिरहेको छ । जसमध्ये ११ वटामा एस वन र एस टु को काम भइरहेको आयोजना निर्देशक आर्चायले बताए ।
उनले गुरुवागाउँअन्तर्गत ३६ करोडको लागतमा काम सम्पन्न हुन लागेको जानकारी दिए । सिक्टा नहरअन्तर्गत पर्ने डुडुवा नहरको २ अर्व बजेट विनियोजन गरेर काम अगाडि बढाउने भएको छ । सिक्टाभन्दा पहिला निर्माण भएका तर प्रयोगमा नआएको डुडुवा नहरलाई पुनः निर्माण गर्नका लागि बजेट छुट्याइएको निर्देशक आर्चायले बताए ।
डुडुवा नहर वरिपरि वातावारण प्रदुषण धेरै भएको कारणले एक अर्व ५५ करोड छुट्याइएको छ, जुन बातावारण सरसफाईका लागि खर्च गरिने छ । हाल मुआब्जा लिनका लागि जग्गाधनी आएका छैनन् । समय मै मुआब्जा लिन नआए बजेट फिर्ता हुन्छ र जग्गा धनीहरुलाई मुआब्जा लिन समय लाग्ने उनले भने ।
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । आर्थिक वर्ष २०८०।८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा १ हजार हेक्टर र पूर्वी मूल नहरतर्फ ४ हजार हेक्टर गरी २२ हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाका सूचना अधिकारी सन्देश पौडेलले जानकारी दिए ।
आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको ३३ हजार हेक्टर पुर्याउने लक्ष्य छ सूचना अधिकारी पौडेलले भने, ‘आयोजना सुरु भएदेखि हालसम्म भौतिक प्रगति ४०.२२ प्रतिशत र वित्तीय प्रगति ३९.३८ प्रतिशत रहेको छ ।’
विनियोजित ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म ३० करोड २६ लाख ३२ हजार रुपैयाँ खर्च भएको पौडेलले बताए । ‘चालु आवमा आयोजनाको पूर्वी मूल नहरको बाँकी काम गर्न ठेक्का व्यवस्थापनका लागि ठेक्का सम्झौता भइ निर्माण सुरु गर्ने तयारी भएको छ ।’
गुरुवागाउँ शाखाअन्तर्गत नहर निर्माण, जग्गा अधिग्रहणको कार्य भईरहेको देवराज निरौलाले बताए । आव २०८९।९० मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार