एजेन्सी : अमेरिकाले अरब सागरमा एउटा इरानी ड्रोन खसालेको छ । रोयटर्सका अनुसार, इरानको साहेद–१३९ नामको ड्रोन अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाजको नजिक पुगेको थियो ।
यूएसएस अब्राहम लिंकन अमेरिकी नौसेनाको आणविक शक्तिले चल्ने विमानवाहक जहाज हो । यसलाई विश्वको सबैभन्दा ठुलो र शक्तिशाली युद्धपोतमध्ये एक मानिन्छ । अमेरिकी केन्द्रीय कमान्डले जारी गरेको विज्ञप्तिअनुसार, अमेरिकी नौसेनाले आत्मरक्षामा एफ–३५सी लडाकु जेटका साथ इरानी ड्रोन खसालेको हो ।
अमेरिकी केन्द्रीय कमान्डले यसलाई इरानको ‘आक्रामक’ व्यवहार भनेको छ । ड्रोन केका लागि तैनाथ गरिएको थियो भन्ने कुरा स्पष्ट भइसकेको छैन । यस घटनाका विषयमा इरानबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । यद्यपि अमेरिकासँग मनमुटावका कारण इरानले जनवरी ३० मा जमिन र समुद्रबाट आक्रमण गर्न सक्षम एक हजार ड्रोन तयार पारिएको बताएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार