Listen LIVE

बलबहादुरलाई घरको चिन्ता

गुल्मी : गुल्मीको इस्मा गाउँपालिका–४, कोटकोटरी पुतलीबजारका ४१ वर्षीय बलबहादुर दर्जीको आधा शरीर जलेको छ । २०४३ सालमा घरमा आगो लागेपछि बलबहादुर उम्कनै पाएनन् । त्यो बेला कसैले बाँचेर घर फर्किने कल्पना पनि गर्थेनन् । उनले भने, “उपचारका लागि जापान सरकारको सहयोग पाएर तीन वर्ष अस्पताल बसेँ । आफूले उपचार गर्नुपर्ने भए बाँच्ने थिइनँ ।” 

उनको बाल्यकाल पीडामै बिते पनि उमेर बढ्दै जाँदा सङ्घर्षले नै जीवनका ४० वर्ष धकेल्नु भएकै थियो । फेरि गत वर्ष वैशाख ८ गते  डढेलो बस्ती पसेपछि घरगोठसहित लाखौँको सम्पत्ति स्वाहा बन्योे । उनी र परिवारले भागेर ज्यान मात्रै बचाउन सकेनन् । घरगोठसँगै दुई वटा लुगा सिलाउने, एउटा काठ काट्ने मेसिन र पन्चैबाजा सेट जलेर नष्ट भए ।

‘ख’ वर्गको अपाङ्गतामा दर्जी पर्छनन् । परिवारलाई छिमेकी सुखाराम दर्जीकोमा राखेर वर्षदिन कटाए । सरकारले घर निर्माणको आस देखाएर अलपत्र पारेको दर्जीको गुनासो छ । उनले भने, “दैवले चोटभन्दा अरू केही दिएन । सरकारले पनि राहतभन्दा पीडा नै थपिरह्यो ।” 

दर्जीको सरकारले बनाइदिने घर आधा बनेर उभिएको मात्रै छ । छिमेकमा पैसा जुटाउन सक्नेले जेनतेन छाउनसम्म सके तर बलबहादुर जस्तै विपन्नले आधा घरमा पहिलो तलासमेत पुर्न सकेका छैनन् । दर्जीले दैनिक ठुलो पानी पर्न थालेकाले आधा घर पनि भत्किन सक्ने बताए ।

प्रतिक्रिया