काठमाण्डौ : यस महिनाको सुरुमा बलिउड अभिनेता आमिर खानले निर्माता अल्लु अरविन्द र मधु मन्टेनासँग सन् २००८ को कल्ट–ब्लकबस्टर फिल्म ‘गजनी २’ को श्रृंखलाको बारेमा छलफल गरिरहेको समाचार आयो ।
‘गजिनी’का निर्माताले आमिरलाई आइडिया सुनाएको र आमिरले स्टोरीबोर्डको विकास गर्न र फेरि आउन सल्लाह दिएको पनि उक्त समाचारमा उल्लेख थियो । यतिबेला भने ‘गजिनी २’ लाई लिएर नयाँ खबर छ । सूर्यालाई शीर्ष भूमिकामा लिएर अल्लु अरविन्दले तमिल भाषामा सिक्वेल बनाउने योजना अघि सारेका छन् । सूर्याले पिंकभिल्लासँग यसबारे पुष्टि गरेका छन् ।
‘गजिनी २’ बारे बोल्दै उनले भने, ‘लामो समयदेखि यसको तयारीमा छौं । अल्लु अरविन्दले आइडिया लिएर आएका थिए र यसको सम्भावनाबारे सोधे । हामीले सोच्न सक्छौं भनेर मैले जवाफ दिएँ । हो तयारी सुरु भएको छ ।’
पिंकभिल्लाका अनुसार अल्लु अरविन्द र मधु मन्टेनाले हिन्दी र तमिल संस्करणमा गजनी २ को छायांकन एकैपटक गर्ने योजना बनाइरहेका छन् । सूर्या र आमिर ‘गजिनी २’ लाई लिएर उत्साहित छन् तर आफ्नो फिल्ममा रिमेकको ट्याग हालेको हेर्न भने चाहँदैनन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार