Listen LIVE

लघुवित्त वित्तीयद्वारा बिमा रकम भुक्तानी

नेपालगञ्ज : लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय खजुराले बिमाको क्षतिपुर्ति रकम भुक्तानी गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकबाट घ बर्गको इजाजत प्राप्त स्वाभिमान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय खजुरा बाँकेद्वारा उक्त रकम मृतकको बुहारी पुर्णिमा राना मगरलाई हस्तान्तरण गरिएको शाखाले जनाएको छ ।

लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय खजुराले दिएको जानकारी अनुसार गठित केन्द्र नं. ५४, सिर्जनशिल स्वाभिमानी महिला समुहकी ग्राहक सदस्य माया देवी राना मगर र उनको श्रीमान् धनबहादुर राना मगरको असामयिक निधन भएपछि उक्त बिमा रकम उनकी बुहारी पुर्णिमा राना मगरलाई हस्तान्तरण गरिएको शाखाले जनाएको छ ।

शााखाले हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै दिवंगत आत्माको चिरशान्तीको कामना गर्नुका साथै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्तीका लागि कामनासमेत गरेको छ ।

शाखाद्वारा जारी नोटमा “उहाँले गाई पालन व्यवसाय सञ्चालनका लागि लिएको कर्जा रकम एक लाख ५० हजार को विमा क्षतिपूर्ति बापतको कुल रकम तीन लाख ९० हजार रुपैया भुक्तानी गरिएको जनाएको छ ।

आयोजिक शोकसभा तथा बिमा रकम वितरण कार्यक्रममा खजुरा वडा नं.२ का वडाध्यक्ष धनीराम वली, शाखा कार्यालय खजुराका शाखा प्रमुख सिरमा यादव, कर्मचारी खिमलाल विक, सरिता कार्की, विनीता चौधरी तथा केन्द्रका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया