Listen LIVE

अन्तर विद्यालय फुटबल हुँदै

नेपालगञ्ज : राष्ट्रियस्तरको अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएका छन् । त्यसका लागि आगामी जुन २३ देखि ३० गतेसम्म छनोटका लागि बाँके, बर्दियाका विद्यालयहरू बीच नेपालगञ्जमा आयोजना हुने भएको छ ।

एशियन पेन्ट्स च्याम्पियन कपका नाममा द हिमालयन डायलन आयोजना गर्ने प्रतियोगिताका लागि देशैभरीबाट टिम छनोट हुने नेपालगञ्ज–११ का अध्यक्ष घनश्याम थापाले बताए । उनका अनुसार, १८ बर्ष उमेर समूहका प्लस टुसम्म अध्ययनरत् विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । 

'सकेसम्म बाँके, बर्दियाका सबै विद्यालयले भाग लिउन् भन्ने हाम्रो उद्देश्य होÚ, थापाले भने, 'त्यसका लागि प्रत्येक पालिकामा पुगेर सबै विद्यालयलाई सुसूचित गर्न आवश्यक समन्वय गरिरहेका छौं ।'

त्यसका लागि पालिकाको सहयोग, सहकार्य आवश्यक रहेको औंल्याउँदै अध्यक्ष थापाले स्थानीयस्तरका प्रतिभा उजागर गर्न महत्वपूर्ण आयोजना भएकाले कमसेकम ६० बढी विद्यालयले सहभागिता जनाउने छन् भन्ने आशा गरिएको बताए ।

नेपालगन्जमा हुने छनोट प्रतियोगिताबाट विजयी खेलाडीलाई राजधानी काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता र प्रतिस्पर्धाको अवसर मिल्ने आयोजकले जानकारी दिएका छन् । …राजधानी काठमाडौंमा ७७ जिल्लाबाट प्रतिस्पर्धी खेलाडीहरु बीचबाट स्कुल च्याम्पियन हुनेछÚ, थापाले नेपालगञ्जसम्मको छनोट खेलमा विद्यालय र स्थानीय पालिकाले व्यवस्थापनका लागि जिम्मेवारी लिने जानकारी दिंदै भने, …यहाँबाट छनोट हुने खेलाडी विद्यार्थीको सम्पूर्ण खर्च भने आयोजकले नै व्यहोर्ने छ ।Ú

प्रतिक्रिया