Listen LIVE

‘छावा’ सर्वकालिन धेरै कमाउने शीर्ष १० बलिउड फिल्मको सूचीमा

काठमाण्डौ : विक्की कौशल स्टारर बलिउड फिल्म ‘छावा’ सर्वकालिन धेरै कमाउने शीर्ष १० हिन्दी फिल्मको सूचीमा प्रवेश गरेको छ । बलिउड हंगामाका अनुसार यो फिल्म ३०० करोड क्लबमा प्रवेश गर्दै सूचीमा प्रवेश गरेको हो ।

यो फिल्म सूचीको १० औं स्थानमा छ । शीर्षस्थानमा भने ‘पुष्पा २’को हिन्दी संस्करण छ जसले ८३० करोड भारु कमाएको छ । दोस्रो स्थानमा रहेको ‘जवान’ले ६४३ करोड भारु कमाएको छ ।

तेस्रो स्थानमा रहेको ‘स्त्री २’ले ६२७ करोड भारु, ‘एनिमल’ले ५५६ करोड भारु, ‘पठान’ले ५४३ करोड भारु, ‘गदर २’ले ५२५ करोड भारु, ‘बाहुबली २’ले ५१० करोड भारु, ‘केजीएफ २’ले ४३४ करोड भारु र ‘दंगल’ले ३८७ करोड भारु कमाएका छन् ।

दशौं स्थानमा रहेको ‘छावा’ले ३५३ करोड भारु कमाएको बलिउड हंगामाले जनाएको छ । यो फिल्म सन् २०२५ मा धेरै कमाउने हिन्दी फिल्म बनेको छ । यसले रणवीर कपुर र आलिया भट्ट स्टारर ‘ब्रम्हास्त्र ः पार्ट १’को विश्वब्यापी लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ ।

‘छावा’को कथा आफ्नो राज्य जोगाउन छत्रपति शिवाजी महाराजले गर्ने संघर्षको कथा हो । मराठा साम्राज्य जोगाउन उनले मुसलमान राज्यसँग गर्ने लडाइको कथा यसमा छ ।

प्रतिक्रिया