नेपालगञ्ज : बाँकेमा एक अपरिचित व्यक्तिको शव फेला परेको छ । नेपालगञ्ज बजार नजिकै एक युवक मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान १० बजे अन्दाजी ३५–३६ वर्षीय पहिचान नखुलेका युवक नेपालगञ्ज उपमहानगरपालिका–६ कान्तिताल जाने बाटोमा मृत फेला परेका हुन् ।
प्रहरीलाई खबर मिलेलगत्तै जिवितै रहेको हुनसक्ने भन्दै भेरी अस्पताल लगिए पनि ती युवकलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । ती युवकको घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
पहिचान नखुलेका ती युवकको शव भेरी अस्पतालमा राखिएकोले उनलाई चिन्ने व्यक्तिले प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित सबैलाई आग्रह गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।
2025-06-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार