Listen LIVE

लागुऔषधसहित तीन जना पक्राउ

नेपालगञ्ज डेस्क : बर्दिया र दाङमा प्रहरीले ब्राउन सुगर तथा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट प्रहरीले ८ सय ८० मिलिग्राम ब्राउन सुगर र नगद ५ हजार ७ सय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मधुवन नगरपालिका–५ का १९ वर्षीय निशान हमाल र मधुवन नगरपालिका–८ की २९ वर्षीया करूणा खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै, दाङको गढवा गाउँपालिका–७ का ३१ वर्षीय राजेन्द्र चौधरीलाई करिब १३ किलो ३ सय ५० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले उनको घरमा तलासी गर्दा उक्त गाँजा बरामद गरेपछि उनलाई पक्राउ गरेको हो ।

प्रहरीले दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया