Listen LIVE

उद्योग वाणिज्य संघको अध्यक्षमा संजय थापा उम्मेदवार हुने

नेपालगञ्ज : प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेले नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि संजय थापालाई निर्वाचनमा उतार्ने निर्णय गरेको छ ।

संघको बसेको बैठकले अध्यक्ष पदमा थापालाई अगाडि बढाउने सर्वसहमतिबाट निर्णय गरेको छ । वाणिज्य संघले आगामी साउन ३१ गते साधारण सभा र भदौं १ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा नेपालगञ्जमा सम्पन्न बैठकले संघको निर्वाचनको मिति चय गरेको हो ।

प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेको वर्तमान अध्यक्ष, क्यान बाँकेका पुर्वअध्यक्ष रहेका थापाको उद्योग, ब्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ ।

प्रजातान्त्रिक ब्यवसायी संघले अध्यक्ष बाहेक पदाधिकारी र सदस्यको टुंगो भने केहीदिनमा लगाउने जनाएको छ । संघको निर्वाचनमा अध्यक्षसहित १७ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया