नेपालगञ्ज : रेडियो बागेश्वरी एफएमद्धारा आयोजित बागेश्वरी मिनी म्याराथनको उपाधी श्री महेन्द्र मावि नरैनापुरका अरविन्द यादवले हासिल गरेका छन् । उनले १८ः३९ः७५ मिनटमा दौड पुरा गरेका थिए । यस्तै जनता नमुना मावि सन्तकोटी खजुराका विजय खडका दोश्रो भएका छन् । ज्ञानोदय नमुना मावि खजुराका खगेन्द्र भण्डारी भने तेश्रो भएका छन् ।
रेडियो बागेश्वरी ९४.६ मेगाहर्जले आफ्नो २१औं वर्षको सुरुवातलाई स्मरणीय बनाउन “हरियो विकल्प, उज्यालो भोली ‘ग्रीनर च्वाइस ब्राइटर टुमारो’ भन्ने नारासहित शनिबार विहान भव्यताका साथ म्याराथन सम्पन्न गरेको हो ।
२०६२ असोज २६ गतेदेखि सञ्चालनमा आएको रेडियो बागेश्वरी ९४.६ मेगाहर्ज हाल नेपालगञ्ज–१०, आदर्शनगरस्थित आफ्नै भवनबाट प्रसारण हुँदै आएको छ ।
यसैगरी छात्रा तर्फ महेन्द्र मावि नरैनापुरकी गिता साहु प्रथम भएकी छन् । उनले २८ः०१ मिनटमा दौड पुरा गरी प्रथम भएकी हुन् । यस्तै नेपालगञ्ज मोेडेल एकेडेमी कारकाँदौकी धिरजा विष्ट दोश्रो भएकी छन् भने सोही विद्यालयकी आरुषी भट्टराई तेश्रो भएकी छन् । प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको छ । यसका साथै प्रथम, द्धितीय र तृतीय हुनेलाई प्लेटिनियम म्यानेजमेन्ट कलेजमा क्रमशः २ लाख ५० हजार, २ लाख र १ लाख ५० हजारको छात्रबृत्तिसमेत उपलब्ध गराइएको छ । म्याराथनमा बाँकेका २६ विद्यालयका १ सय १२ विद्यार्थी सहभागी भएका थिए ।
रन फर फनमा योगेन्द्र बुढाथोकी प्रथम भएका छन् । अलि अहमद दोश्रो भएका छन् भने विनोद वर्मा तेश्रो भएका छन् ।
विजेतालाई रेडियोका कार्यकारी प्रमुख सिद्धार्थ पाण्डे, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएम, रेडियोका स्टेशन म्यानेजर शुक्रऋषि चौलागार्ई, चर्चीत म्याराथन धावक हरी रोकाया, रेस डाइरेक्टर चन्द्र गुरुङ, राष्ट्रिय खेलकद परिषदका पुर्व सदस्य राजेन्द्र शाही लगायतले पुरस्कार प्रदान गरेका थिए ।
यस अघि प्रतियोगिताको उदघाटन गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पु¥याउने बताएका थिए । मन्त्री अग्रवालले एफएमले म्याराथन आयोजना गरेर भातृत्व र खेल संस्कृतिमा मद्यत मद्यत गरेको बताउदै एफएमलाई सफलताको शुभकामना समेत दिए ।
म्याराथन नेपालगञ्ज–१०, आदर्शनगर पेट्रोल पम्पबाट सुरु भएर बी.पी. चौक, धम्बोझी, सेतु विक चौक, त्रिभुवन चौक, हुलाक कार्यालय र शीतलनगर हुँदै पुनः पेट्रोल पम्पमा आएर समापन भएको थियो । समापनपश्चात् प्रत्येकलाई विरुवा समेत वितरण गरिएको थियो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि रेडियो बागेश्वरीले केही दिनभित्रै “बागेश्वरी सबमिट“ कार्यक्रम पनि आयोजना गर्दैछ, जसमा तीन वटै प्रदेशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार