दाङ : घरायसी प्रयोगमा उत्पादन गर्दै आएका किसानहरूले व्यावसायिक रूपमै उत्पादन सुरु गरेका छन् । सिम्ठारो र तिल्की धानमा परिचित हुँदै आएको दाङ जिल्लाका किसानहरूले पछिल्लो समय मनग्य आम्दानी हुन थालेपछि रैथाने अन्नबालीमा व्यावसायिकता दिन थालेका हुन् । यस वर्षमात्रै ११ क्विन्टल रैथाने आलुको व्यावसायिक उत्पादन सुरु गरेका हुन् । त्यसै तिल्की धान उत्पादन सुरु गरेका छन् । मुक्त कम्लहरीद्वारा सञ्चालनमा ल्याइएको गन्यारी कृषि सहकारी संस्थामार्फत यस वर्षमात्रै एक सय मुरी तिल्की धान उत्पादन गरेको सहकारी संस्थाकी लक्ष्मी चौधरीले बताइन् ।
प्रति क्विन्टल तिल्की धानको मूल्य सत्र हजार रूपैयाँ रहेको प्रवर्धन गर्दै आएको पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताए । रावतका अनुसार दाङ जिल्लाबाटै बिउँ लगेर सिरहाका एक किसानले २ बिगाहा क्षेत्रफलमा सिम्ठारो धानको खेती गरेका छन् ।
सिम्ठारो धानको बजार मूल्य प्रति क्विन्टल सोह्र हजार रहेको छ । बिउँ पैँचो अभियानअन्तगत पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले किसानहरूलाई रैथाने आलु, सिम्ठारो, तिल्की, भाजीको बिउँ वितरण गर्दै आएको अध्यक्ष डिल्लीबहादुर रावतले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार