नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ ।
अज्ञात समूहले शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि आक्रमण गरी सुन लुटपाट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, कुटपिटपछि उनीहरूले डेढ तोलाभन्दा बढी सुन लुटिएको छ । घाइते महिलाहरुलाई उद्धार गरी सुरुमा उपचारका लागि राप्ती सोनारी अस्पताल लगिएको थियो ।
अस्पतालले त्यहाँ सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । घाइते सबैको नेपालगञ्जस्थित संजिवनी अस्पतालमा उपचार भइरहेको छ । प्रवक्ता पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा आठ जना पक्राउ परेका जानकारी दिए । राप्तीसोनारी र नरैनापुरको जङ्गल क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार