Listen LIVE

एमाले सबै षडयन्त्र परास्त गर्छ : महासचिव पोखरेल

नेपालगञ्ज : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशलाई समृद्धि र विकासको गतिबाट पछि धकेल्ने षड्यन्त्रलाई परास्त गरिने बताएका छन् । 

नेकपा (एमाले) बाँके जिल्ला कमिटीको आयोजनामा शनिबार नेपालगञ्जमा भएको जनप्रदर्शन तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने,“एमाले  देशको प्रमुख राजनीतिक दल भएकाले सबैखाले प्रतिगामी षडयन्त्र असफल पारेर छोड्छ ।” 

महासचिव पोखरेलले भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल निर्वाध सञ्चालनको पक्षमा थालिएको शान्तिपूर्ण जेनजी आन्दोलनमा मानव ढाल बनाएर विध्वंश मच्चाइएको बताए । 

एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य शान्तिा चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शान्ति ढकाल, सूर्य ढकाल, मोहम्मद हारुन, दीपा शर्मा, समरबहादुर खत्री, भाष्कर काफ्ले, कुश्माखर बस्याल लगायतले मन्तव्य राख्दै एमाले विरुद्धको घेराबन्दी कार्यकर्ताको शक्तिको बलमा परास्त गर्ने दाबी गरे ।

प्रतिक्रिया