Listen LIVE

सहाना प्रधान यू–१९ भलिबलको उपाधी गण्डकीलाई

काठमाण्डौ : लुम्बिनी  प्रदेशलाई ३–१ को सोझो सेटमा पराजित गर्दै गण्डकी  प्रदेश पुरुष टिम प्रथम सहाना प्रधान यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार गण्डकीले लुम्बिनीलाई फाइनल खेलमा २५–१५,२०–२५, २५–२० र २५–२० ले  पराजित गरेको हो ।

महिलातर्फको शनिबार नै भएको फाइनल खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ३–० को सेटले पराजित गर्दै उपाधि जितेको छ ।

प्रतियोगिताको महिला र पुरुष दुबैतर्फका बिजेताले ३ लाख, उपबिजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा महिलातर्फ बागमती प्रदेशकी जेनिशा विश्वकर्मा र पुरुषतर्फ गण्डकी प्रदेशका विश्वास अधिकारी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

दुवै सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।

महिलातर्फ उत्कृष्ट लिबेरो बागमती प्रदेशकी लिबेरो अन्जिला प्रधान र पुरुषतर्फ गण्डकी प्रदेशका जीतबहादुर सार्कीले जिते। दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।

उत्कृष्ट सेटरमा महिलातर्फ बागमतीकै भावना तामाङ र पुरुषतर्फ लुम्बिनी प्रदेशका दिपेश कुँवरले जिते । दुवैले १० हजार पुरस्कार  र ट्रफी प्राप्त गरे ।

उत्कृष्ट सर्भर महिलातर्फ गण्डकी प्रदेशकी सोइङ थापाले जितिन्  । पुरुषतर्फ भने गण्डकी प्रदेशका सूर्य बिकले जिते । दुवै खेलाडीले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।

उत्कृष्ट स्पाइकर महिलातर्फ बागमतीकी सलिना बुढा मगर र पुरुषतर्फ लुम्बिनी प्रदेशका सागर रसौलीले जिते । यो विधामा पनि दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।

उत्कृष्ट ब्लकर महिलातर्फ लुम्बिनी प्रदेशकी निशा चौधरी भइन् भने पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका अर्जुन नेपालीले जिते । दुवैले १० हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।

शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेशले बागमतीलाई हराएको हो ।

महिलातर्फ गण्डकी प्रदेशले कोशी प्रदेशलाई हराउँदै तेस्रो भयो । गण्डकीले १ लाख पुरस्कार र मेडल प्राप्त ग¥यो ।

प्रतिक्रिया